गृहपृष्ठ नेपाल टेलिकमले सार्वजनिक गर्यो अटम अफर, के-के छन् सुविधा ?
नेपाल टेलिकमले सार्वजनिक गर्यो अटम अफर, के-के छन् सुविधा ?
नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएपछि यसैमा केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्तरता दिँदै नयाँ अटम अफर ल्याइएको हो ।
असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको उक्त अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे हाे ।
सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरू र अफरमा पनि विभिन्न आकर्षक सुविधा उपलब्ध रहेका कम्पनीले बताएको छ ।
अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्रिक१४१५ह्यास डायल गर्नु पर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
त्यसैगरी, कम्पनीको वेबसाइटमार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ ।
प्रकाशित समय : १८:३३ बजे



















