nmb bank

गृहपृष्ठ कुटपिटकाे विरोधमा प्रहरी कार्यालय घेराउ, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

कुटपिटकाे विरोधमा प्रहरी कार्यालय घेराउ, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

कुटपिटकाे विरोधमा प्रहरी कार्यालय घेराउ, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले कुटपिटकाे विरोधमा इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानविय तरिकाले कुटपिट गरेको भन्दै स्थानीयले साेमबार इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

साथै उनीहरुले बाटाेमा प्रदर्शन तथा नाराजुलुससहित चक्काजाम पनि गरेका छन् । आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै चक्काजाम गरेपछि बल प्रयाेग गरिएकाे थियाे । प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए ।

गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका-११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु