nmb bank

गृहपृष्ठ ‘गठबन्धनका कारण योग्य हुँदाहुँदै धेरै साथीलाई उम्मेदवार बनाउन असमर्थ भयौं’

‘गठबन्धनका कारण योग्य हुँदाहुँदै धेरै साथीलाई उम्मेदवार बनाउन असमर्थ भयौं’

‘गठबन्धनका कारण योग्य हुँदाहुँदै धेरै साथीलाई उम्मेदवार बनाउन असमर्थ भयौं’

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको बताएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनका कारण नसकिएको बताए ।

उनले एउटा परिस्थितिमा गठबन्धन सरकार बनेको उल्लेख गर्दै छोटो अवधिमा देशलाई एउटा अर्डरमा ल्याएको उनले दाबी गरे । जनताका इच्छा र माग सम्बोधन भएको बताउँदै उनले स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गरे ।

नेता महतले जसपालाई कांग्रेसले उदारता देखाए पनि बाहिरिएकोमा कुनै कमेन्ट नगर्ने बताए । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता धेरै रेष्टिक्टेड रहेको, धेरै सीमा राखिएकाले विगतमा गरेजसरी प्रचार गर्न सम्भव नभएको उल्लेख गरे । तर पनि आचारसंहिताको सीमामा रहेर प्रचार गर्ने उनले बताए ।

कांग्रेसले धेरै नबोल्ने बरु काम गरेर देखाउने भन्दै देशभर कांग्रेस र गठबन्धनको उम्मेदवारको पक्षमा माहोल तयार भएको, जिल्ला जिल्लामा गठबन्धनको निर्वाचन परिचालन समिति गठन भइरहेको र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने उनको भनाइ छ । नेता महतले दुई दिनभित्रै सत्ता गठबन्धनको संयुक्त अपिल सार्वजनिक हुने जानकारी दिए ।

प्रकाशित समय : १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु