गृहपृष्ठ झिनो अंकले बढ्यो नेप्से, ११ उपसूचकमा हरियाली
झिनो अंकले बढ्यो नेप्से, ११ उपसूचकमा हरियाली
सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । दुईदिनयता घटेको नेप्से परिसूचक आज ११.३६ अंकले बढेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से बढे पनि कारोबारमा भने खासै सुधार भएको छैन । सेयर बजारमा आज ६९ करोड १७ लाख ३७ हजार रुपैयाँमाथिको कारोबार भएको छ । मंगलबार नेप्से १६.०६ अंकले घटेकाे थियाे । त्यस दिन काराेबार रकम ५५ करोड २७ लाख रुपैयाँमा सीमित भएकाे थियाे ।
१३ उपसूचकमध्ये आज म्युचुअल फण्ड र व्यापार समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक फाइनान्स समूहको २.६८ प्रतिशत र विकास बैंक समूहको २.०९ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक नबिल बैंकको २ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको २ करोड २ लाख, एनआइसी एशिया लघुवित्तको प्रोमोटर सेयरको १ करोड ८९ लाख, गोर्खाज फाइनान्सको १ करोड ८१ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित समय : १५:४७ बजे



















