nmb bank

गृहपृष्ठ सुनकाे मूल्य बढयो, चाँदीको घट्यो

सुनकाे मूल्य बढयो, चाँदीको घट्यो

सुनकाे मूल्य बढयो, चाँदीको घट्यो

बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार २ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्यसमेत तोलामा २ सय रुपैयाँले नै बढ्दै ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनमा मूल्यमा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु