गृहपृष्ठ भाटभाटेनीमा सपिङ गर्दा रोशनी सिंह र समिता प्रधानले जिते टाटा पन्च ईभी
भाटभाटेनीमा सपिङ गर्दा रोशनी सिंह र समिता प्रधानले जिते टाटा पन्च ईभी
काठमाडौं । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुईजनाले विद्युतीय सवारी जितेका छन् । स्टोरमा दुई हजार पाँच सय रुपैयाँ बढी किनमेल गर्दा दुईजनाले टाटा पन्च ईभी जितेका हुन् ।
दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजनाको सोमबार (वैशाख १४) पुरस्कार घोषणा गरिएको हो । उक्त योजनाअन्तर्गत कलंकीकी रोशनी सिंह तथा पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी जितेका हुन् ।
टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो ।
‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ भन्ने नारासहित स्किमको लाभ पुषको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए ।
प्रकाशित समय : १७:१३ बजे



















