गृहपृष्ठ डेंगु बिरामीको संख्या ३४ हजारनजिक
डेंगु बिरामीको संख्या ३४ हजारनजिक
नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।
२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ ।
प्रकाशित समय : १६:१७ बजे


















