अर्थमन्त्री जनार्दन शर्माद्वारा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता
वि.सं.२०७९ असोज २३ आइतवार १४:२०
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले सत्तापक्ष गठबन्धनको तर्फबाट टिकट पाएका हुन् ।
यस्तै प्रदेशसभा –१ को लागि महेन्द्र केसी र प्रदेशसभा–२ को लागि राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

























