global ime bank Long Banner Ad

गृहपृष्ठ काँग्रेस समानुपातिक : ४० प्रतिशत दाबी गरेको शेखर पक्षलाई ३५ प्रतिशत

काँग्रेस समानुपातिक : ४० प्रतिशत दाबी गरेको शेखर पक्षलाई ३५ प्रतिशत

काँग्रेस समानुपातिक : ४० प्रतिशत दाबी गरेको शेखर पक्षलाई ३५ प्रतिशत

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसमा समानुपातिक उम्मेदवार छनोटमा सहमति गर्दा शेखर कोइराला पक्षले ३५ प्रतिशत पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातभर भएको छलफलमा शेखर कोइराला समूहका उम्मेदवार करिब ३५ प्रतिशत समेटिएपछि सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा शेखर पक्षले आपत्ति जनाएपछि चर्को विवाद भएको थियो । सहमतिपछि कांग्रेसले अन्तिम समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ ।

अन्तिम समानुपातिक सूची तय गर्दा पाँच जनामध्ये संस्थापनका ३ र शेखर पक्षका २ जनालाई समेटिएको छ । समानुपातिक सूचीको एक नम्बरमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुलाई तेस्रो नम्बरमा राखिएको छलफलमा सहभागी एक नेताको भनाइ छ ।

उनका अनुसार संस्थापन पक्षका अन्य उम्मेदवारको क्रमागतमा पनि फेरबदल गरिएको छ । शेखर पक्षले प्रतिनिधिसभामा पनि ३५ प्रतिशत दाबी गर्ने आधार यसबाट तयार भएको छ । समानुपातिकमा सम्मानजनक सिट नपाए विद्रोह गर्ने चेतावनी शेखर पक्षले दिएपछि संस्थापन लचक बनेको हो ।

समानुपातिकको चर्को विवादले सत्ता गठबन्धन दलहरूमा पनि तरंग उत्पन्न भएको छ ।

प्रकाशित समय : ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु