global ime bank Long Banner Ad

गृहपृष्ठ टिकट अभाव देखाएर दोब्बर भाडा असुल्दै व्यवसायी

टिकट अभाव देखाएर दोब्बर भाडा असुल्दै व्यवसायी

टिकट अभाव देखाएर दोब्बर भाडा असुल्दै व्यवसायी

दसैंमा घर फर्किन खोज्ने यात्रुहरूले दिनैपिच्छे टिकट काउन्टर धाउँदा पनि टिकट पाउनै नसकेको गुनासो गरेका छन् । टिकट पाए पनि बढी भाडा तिर्नुपरेको उनीहरुको भनाइ छ ।

बस व्यवसायीहरूले टिकट अभाव देखाउँदै दोब्बर भाडा लिएर रिजर्भमा यात्रुलाई ओसार्ने गरेका हुन् । यातायात व्यवस्था विभागले दसैंलाई लक्ष्य गरेर यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । यही मौका छोपेर व्यवसायीले यात्रुलाई मर्कामा पारेको गुनासो छ । चाडपर्वकै बेला यात्रुहरू मर्कामा पर्दासमेत सरोकारवाला निकाय भने मौन देखिन्छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैं सुरु भएपछि घटस्थापनादेखि क्रमशस् बाहिरिने यात्रुको चाप बढिरहेको छ । बिहीबार ७१ हजार ७ सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको संख्या ८४ हजार नाघेको छ ।

ट्राफिक प्रहरीका अनुसार असोज १० ९सोमबार० मा ८ हजार सात सय २९ वटा सवारीसाधनमा ४५ हजार ८ सय २३ यात्रु काठमाडौं उपत्यका भित्रिएका थिए भने ८ हजार ९ सय ४ सवारीसाधनमा ६० हजार ८ सय ४१ यात्रु उपत्यकाबाट बाहिरिएका थिए । मंगलबार ८ हजार ४ सय २७ सवारीसाधनबाट ४५ हजार ३३ यात्रु भित्रिएकोमा ९ हजार एक सय ६१ सवारीसाधनबाट ६२ हजार ४ सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।

यस्तै, बुधबार ९ हजार ९ सवारीसाधनबाट ४५ हजार २ सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारीसाधनबाट ७१ हजार ७ सय ६३ यात्रु बाहिरिएको थिए । बिहीबार ८ हजार २३ सवारीसाधनमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार २ सय १९ सवारीसाधनमार्फत ७४ हजार ३ सय ६२ यात्रु बाहिरिए ।

शुक्रबार भने ७ हजार ४ सय ६० सवारीमार्फत ३७ हजार ३ सय ४० यात्रु भित्रिँदा १० हजार २ सय ६७ सवारीसाधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले निजी र रिजर्भको सवारी संख्याको भने तथ्यांक राखेको छैन ।

प्रकाशित समय : ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु