global ime bank Long Banner Ad

गृहपृष्ठ फुटबल खेलमा हिंसा मच्चिदा इन्डोनेसियामा १२७ जनाको मृत्यु

फुटबल खेलमा हिंसा मच्चिदा इन्डोनेसियामा १२७ जनाको मृत्यु

फुटबल खेलमा हिंसा मच्चिदा इन्डोनेसियामा १२७ जनाको मृत्यु

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो ।

रोयटर्सले इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु