global ime bank Long Banner Ad

गृहपृष्ठ धादिङ दुर्घटना अपडेट : दुई जनाको सनाखत

धादिङ दुर्घटना अपडेट : दुई जनाको सनाखत

धादिङ दुर्घटना अपडेट : दुई जनाको सनाखत

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । आठ जना घाइते भएका छन् ।  त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नंको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुई जनाको अवस्था सामान्य छ । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु