गृहपृष्ठ अभिव्यक्तिमाथि निगरानी गर्न आयोगले खोल्यो ‘प्रेस अफिस’
अभिव्यक्तिमाथि निगरानी गर्न आयोगले खोल्यो ‘प्रेस अफिस’
निर्वाचन आयोगले सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत राखेर सर्वसाधारणको सामाजिक सञ्जाल र मिडिया अनुगमन गर्न ‘प्रेस अफिस’ सञ्चालनमा ल्याएको छ ।
अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने संरचना बनाउन लागेको भन्दै पत्रकार महासंघलगायत संस्थाले प्रश्न उठाइरहेका बेला आयोगले शुक्रबारबाट यस्तो संरचना औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । यसअघिका निर्वाचनमा सञ्चारमाध्यममा आउने सामग्रीको अनुगमन प्रेस काउन्सिलले गर्दै आएकामा यस पटक आयोगले आफै प्रेस अफिस खोलेको हो ।
मिडियामा आउने सामग्री र सर्वसाधारणको सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको कोठा नम्बर २१२ र २१३ मा कार्यालय सञ्चालन गरिएको हो । कार्यालयमा सेना र प्रहरीको साइबर ब्युरोको प्रतिनिधि, विज्ञापन बोर्ड, प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि र आयोगले नियुक्त गरेका सञ्चारविज्ञलगायत रहनेछन् ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिताविपरीत काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाको अनुगमन गर्ने उद्देश्य राखेर ‘प्रेस अफिस’ स्थापना गरेको दाबी गरेको छ । सामाजिक सञ्जाल र डिजिटल मिडियाको अनुगमनसम्बन्धी केही आयोगले गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
प्रकाशित समय : ०७:४८ बजे



















