global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : सिंह

डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : सिंह

डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जनस्तरमा अनुभुत हुने गरि काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगु नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् ।

बिरामीले सिटामोल पनि भनेको समयमा पाइँदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् ।

फरक प्रशंगमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउदा जिम्मेवारी बहन गरेको बताए । अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु