global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति देउवा समूहविरुद्ध काँग्रेसको शेखर समूहले काठमाडौंमा खबरदारी सभा गर्दै

सभापति देउवा समूहविरुद्ध काँग्रेसको शेखर समूहले काठमाडौंमा खबरदारी सभा गर्दै

सभापति देउवा समूहविरुद्ध काँग्रेसको शेखर समूहले काठमाडौंमा खबरदारी सभा गर्दै

नेपाली काँग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ । सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।

प्रकाशित समय : ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु