nmb bank

गृहपृष्ठ लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई ‘फेस्टिभ डिलाइट २०७९’

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई ‘फेस्टिभ डिलाइट २०७९’

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई ‘फेस्टिभ डिलाइट २०७९’

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेताले दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘फेस्टिभ डिलाइट २०७९’ योजना ल्याएको छ । यो ग्राहकमुखि योजना यहि भदौ ३० गतेदेखि सुरु भएको छ ।

यस योजनाअन्तर्गत, ग्राहकले ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत् थप १५०,००० लाखसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् ।

सबै हुन्डाई गाडी ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुम तथा १९सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ । ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा रखेर हरेक वर्ष यस्तो ग्राहकमुखि योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ ।

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु