nmb bank

गृहपृष्ठ बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा

कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् ।

भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेशलगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने सहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्मा भने स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर दिएका थिए ।

उनले अहिले सोही स्थानमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आएको छ । उक्त उद्योगमा उहाँले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिएका छन् ।

कामदारलाई मासिक १६ हजारदेखि २८ हजारसम्म मासिक तलब दिँदै आउनुभएको छ । उनले १२ जनाको परिवारको जोहो यसैबाट पु¥याउँदै आएका छन् । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि काठमाडौँ गएका उनले प्रमाणपत्र तह अध्ययन पूरा गरेका छन् ।

बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उनले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गरे । तर हा भने उहाँले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आएका छन् । पाउरोटी उद्योगबाट औसतमा मासिक१० लाख कारोबार हुने गरेको उनको भनाइ छ । उनले खर्च कटाएर एक लाख बचत हुने गरेको बताए ।

 

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु