काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीद्वारा कांग्रेस नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

7.29K
shares

नेपाली कांग्रेसले पाल्पाका पार्टीका नेता विजयराज घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सभापति देउवाले घिमिरेको निधनमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

क्यान्सर रोगबाट पीडित घिमिरेको भदौ ३० गते बिहीबार राति ८।१५ बजे उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । विसं २०५६ र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नं १ बाट कांग्रेसको उम्मेदवार बनेका घिमिरे कांग्रेस केन्द्रीय लेखासमितिको पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य हुन् ।

विसं २०२५ मा जन्मिएका घिमिरेले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पार्टीको तर्फबाट सक्रिय भूमिका खलेका छन् । उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने मुख्यसचिव पौडेलले बताए ।