global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ धरानको प्यास मेटाउने पानी ल्याए हर्क साम्पाङले

धरानको प्यास मेटाउने पानी ल्याए हर्क साम्पाङले

धरानको प्यास मेटाउने पानी ल्याए हर्क साम्पाङले

धरानको प्यास मेटाउन खानेपानीलाई चुनावी वाचा बनाएर निर्वाचन जितेका हर्क साम्पाङ आफ्नो योजनामा सफल भएका छन् ।

धरान बजारमै पानी आएपछि स्थानीयहरुले मेयर साम्पाङसँगै खुशीयाली मनाएका छन् ।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने वाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त वाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ’, उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’

उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

प्रकाशित समय : ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु