गृहपृष्ठ मिटरब्याजमाथि कार्यदलको प्रतिवेदन : २,२८९ उजुरी दर्ता, एकै व्यक्तिद्वारा २३ जनालाई उजुरी

मिटरब्याजमाथि कार्यदलको प्रतिवेदन : २,२८९ उजुरी दर्ता, एकै व्यक्तिद्वारा २३ जनालाई उजुरी

मिटरब्याजमाथि कार्यदलको प्रतिवेदन : २,२८९ उजुरी दर्ता, एकै व्यक्तिद्वारा २३ जनालाई उजुरी

मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गत साउन २७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजी अपराध नियन्त्रणका उपायहरूको सिफारिससहित सोमबार प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन कार्यदलका संयोजक भीष्मकुमार भुसालले पेस गरेको प्रतिवेदन अनुसार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा गरी भदौ २६ गतेसम्म मिटरब्याजी सुदखोरबाट पीडितहरूले २ हजार २ सय ८९ उजुरी दर्ता गरेका छन् ।

कार्यदलले एउटै व्यक्तिविरुद्ध ४ भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको जनाएको छ । कार्यदलले प्राप्त उजुरीहरूका आधारमा विश्लेषण गरी ३२ बुँदामा सिफारिस गरेको छ ।

न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरू ४१ दिनदेखि माइतीघर मण्डलमा शान्तिपूर्ण धर्नामा बस्दै आएका छन् ।

प्रकाशित समय : ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु