गृहपृष्ठ राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा

सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा हुतराज थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार एआईजीसरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थापालाई मुख्य अनुसन्धान निर्देशक (आईजीसरह)मा बढुवा गरेको हो ।

विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

थापा विभागका दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमध्ये पहिलो वरीयतामा थिए । विभाग प्रमुख बन्न अर्का एआईजी ओम जोशी पनि प्रतिस्पर्धामा थिए तर सरकारले पहिलो वरीयताका थापालाई नै प्रमुखमा बढुवा गरेको हो ।

बढुवासँगै थापा अबको ३ वर्ष नेतृत्वमा रहनेछन् । रोल्पा स्थायी घर भएका ५२ वर्षीय थापाले २०५३ मा शाखा अधिकृतसरहको पदबाट सेवा प्रवेश गरेका थिए । उनी गत साउन ३० मा मात्रै एआईजीमा बढुवा भएका थिए ।

यसैगरी मन्त्रिपरिषद्ले थापा प्रमुखमा बढुवा भएपछि रिक्त पदमा अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।

प्रकाशित समय : ०८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु