८ मिनेटको अन्तरमा नेपालको तीन गोल
वि.सं.२०७९ भदौ २७ सोमवार १८:०९
shares

साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै फराकिलो अग्रता लिएको छ ।
पहिलो हाफको खेल जारी रहँदा नेपालले ३–० को अग्रता लिइसकेको छ । नेपालका लागि रश्मीकुमारी घिसिङ, सरू लिम्बू र अमृता जैशीले गोल गरेकी हुन् ।
नेपालले ८ मिनेटको अन्तरमा ३ गोल गरेको हो । खेलको ९औँ मिनेटमा घिसिङको गोलबाट नेपालले सुरूवाती अग्रता लिन सफल भयो । हिरा भुजेलको क्रशलाई घिसिङले हेडरमार्फत् गोल गरिन् । यस्तै, १७औँ मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् ।

























