एउटै निर्वाचन क्षेत्र एकभन्दा बढी दलको दाबी
वि.सं.२०७९ भदौ २७ सोमवार १७:५१
shares
फाइल तस्बिर ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । सिट बाँडफाँटका विषयमा सहमति जुट्न नसकेको र नेताहरुबीच छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।
कार्कीका अनुसार, शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी दलको दाबी भएकाले सहमति जुट्न नसकेको हो ।
सोमबार बिहान ९ बजेदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेता र कार्यदलमा रहेका सदस्यबीच छलफल चलिरहेको छ ।

























