गृहपृष्ठ मापदण्डविपरीत बनेका भवन ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन
मापदण्डविपरीत बनेका भवन ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन
काठमाडौँ महानगरपालिकाले मापदण्डअनुसार निर्माण भएका तर नक्सा पान नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।
महानगरले एक सूचना जारी गर्दै मापदण्डअनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई तीन महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको हो ।
“काठमाडौँ महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।
प्रकाशित समय : १२:२९ बजे



















