nmb bank

गृहपृष्ठ डिजेल र पेट्रोलको मूल्य बढेर आयो, ग्यासको घट्यो

डिजेल र पेट्रोलको मूल्य बढेर आयो, ग्यासको घट्यो

डिजेल र पेट्रोलको मूल्य बढेर आयो, ग्यासको घट्यो

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेर आएको छ ।

नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो । नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२ रुपैयाँ घाटा पुगेको छ ।

हवाइ इन्धनमा ८ रुपैयाँ बढेर आएको छ । तर पेट्रोलमा भने अझै प्रतिलिटर २ रुपैयाँ नाफा छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ ।

आइओसीले हरेक १५-१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु