गृहपृष्ठ मोटरदेखि मोबाइलसम्मको आयात प्रतिबन्ध कायमै, चुरोट र तासको खुला
मोटरदेखि मोबाइलसम्मको आयात प्रतिबन्ध कायमै, चुरोट र तासको खुला
सरकारले व्यापारीसँगको सौदाबाजीमा अनावश्यक केही सामग्रीको आयात खुलाएको छ । सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हिराको आयात खुलाउने निर्णय मंगलबार गरेको हो ।
सबै प्रकारका तयारी मदिरा, जिप, कार र भ्यान, मोटरसाइकल (१५० सीसीमाथिका), स्मार्ट फोनको आयात बन्देज भने यथावत् राखिएको छ ।
सरकारले तास आयात खुलाउनु कानुनविपरीत समेत छ । जुवा ऐन २०२२ ले नै जुवातास आयातमा निरुत्साहित गरेको छ । ऐनले जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाउनसमेत भनेको छ ।
अर्थतन्त्र नाजुक बन्दै गएपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना निकालेर विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसलाई कसिलो बनाउँदै गत असार ३१ देखि भदौ १४ सम्म बन्देजलाई निरन्तरता दिइएको थियो । राजपत्रमा भदौ १३ मा प्रकाशित सूचनामा चार वस्तु (सबै प्रकारका तयारी मदिरा, स्मार्ट फोन, जिप, कार र भ्यान, मोटरसाइकल १५० सीसीमाथिका) को आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याइएको उल्लेख छ ।
प्रकाशित समय : ०७:०७ बजे



















