global ime bank Long Banner Ad

गृहपृष्ठ केन्यासँग नेपालले निर्णायक खेल खेल्दै, ब्याटिङमा छैन भर

केन्यासँग नेपालले निर्णायक खेल खेल्दै, ब्याटिङमा छैन भर

केन्यासँग नेपालले निर्णायक खेल खेल्दै, ब्याटिङमा छैन भर

नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ । यसअघिका चार खेलमध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो ।

पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो । यस शृंखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनिरहेको छ । एकरुपको प्रदर्शन गर्न नसकेको नेपाल जित नजिक पुगेर पनि चुक्दै आएको छ । त्यसैले शृंखलाको निर्णायक खेलमा नेपालले ब्याटिङमा सुधार गर्नु आवश्यक छ ।

केन्या जानुअघि आईसीसी टी-२० वरीयता सुधार गर्ने लक्ष्य राखे पनि शृंखलाकै बीचमा नेपालको वरीयता खस्किसकेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ ।

अन्तिम खेल जित्दै शृंखला जितेमा नेपाल वरीयतामा यथावत रहनेछ । पराजित भएमा रेटिङ अंक घट्नेछ र वरीयतामा अझ पछि पर्नेछ ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु