गृहपृष्ठ लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
हाल देशैभरी आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पछिल्लो २ घण्टामा कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण मोहना मालाखेतीमा जलसतह सतर्कता तहसम्म पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनका साथै होचा ठाउँमा डुबान हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ । सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकोछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रकाशित समय : ०६:५९ बजे



















