गृहपृष्ठ एमाले निर्वाचन परिचालन कमिटीकाे बैठक बस्दै
एमाले निर्वाचन परिचालन कमिटीकाे बैठक बस्दै
नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले अध्यक्ष ओलीकै अध्यक्षतामा निर्वाचन कमिटी बनाएको छ ।
बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग)का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सहभागि रहनेछन् ।
बैठकले निर्वाचन रणनीतिहरु तयार पार्दैछ ।
प्रकाशित समय : ०९:३७ बजे



















