global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रतिनिधि सभा बैठक १ साता स्थगित

प्रतिनिधि सभा बैठक १ साता स्थगित

प्रतिनिधि सभा बैठक १ साता स्थगित

प्रतिनिधि सभाको बैठक आधा घण्टा सञ्चालन भएर स्थगित भएको छ । आजदेखि १२ गतेसम्मका लागि बैठक स्थगित भएकाे हाे ।

मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद कोइरालाले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक सदनमा पेश गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्नि प्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

एमालेले पार्टीको पोलिटब्युरो बैठक, केन्द्रीय कमिटीको बैठक जस्ता पार्टीका कार्यक्रममा धेरै सांसद सहभागी हुनुपर्ने भएकोले बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै बैठक स्थगित गर्न आग्रह गरेको थियो । एमालेले भदौ ९ गते पोलिटब्युरो, भदौ १० र ११ गते केन्द्रीय कमिटीको बैठक गर्दैछ ।

सोही आग्रहअनुसार सभामुख सापकोटाले आगामी भदौ १३ गतेसम्मका लागि बैठक स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रकाशित समय : १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु