global ime bank Long Banner Ad

गृहपृष्ठ मधेसका मुख्यमन्त्री राउतलाई राजीनामा दिन यादवकाे निर्देशन

मधेसका मुख्यमन्त्री राउतलाई राजीनामा दिन यादवकाे निर्देशन

मधेसका मुख्यमन्त्री राउतलाई राजीनामा दिन यादवकाे निर्देशन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेको स्रोतले जनाएको छ । राउत यादवकै दल जसपाका नेता हुन् ।

भर्खरै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । बैठकमा त्यस विषयमा मौन रहेका पार्टी अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएको सार्वजनिक गरेका हुन् ।

जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको छ । मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वितरण गरेको साइकल खरिदमा अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त मुद्दामा मुख्यमन्त्री राउतलाई चोख्याइएको टिप्पणी भइरहेकै बेला जसपाभित्रबाट राउतमाथि राजीनामाका लागि दबाब बढेको हो ।

प्रकाशित समय : ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु