global ime bank Long Banner Ad

गृहपृष्ठ सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन

सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज (आइतबार)अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आफ्नो जारी पूँजी ८५ करोडको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गरेको छ ।

यस्तै, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु