काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपालमा लञ्च हुँदै

6.45K
shares

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ यही सोमबार नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी गरेकाे हाे ।

प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतीक्षा बनेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ ।

सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । सुजुकी एभेनिसको १२५ स्कुटरको बुकिङ खुल्ला गरेको हो ।

मुख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डीआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोबबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ । स्कुटरको कुल ताैल १०६ किलोग्राम छ ।

सुजुकीको आधिकारिक शो-रुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।