काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गान्धीको सालिक तोडफोडप्रति भारतीय दूतावासको निन्दा

5.68K
shares

भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिरबाहिर महात्मा गान्धीको सालिक तोडफोडको कडा निन्दा गरेको छ । न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्य’का लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ ।

‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिरबाहिर महात्मा गान्धीको मूर्ति (सालिक) तोडफोडको कडा निन्दा गर्दछौँ । हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्ण अनुसन्धानको लागि अमेरिकी अधिकारीहरू समक्ष मुद्दा उठाएका छौंँ,’ वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ ।

एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई ह्यामरले हिर्काएको देखाएको छ । मूर्तिको टाउको फुटाउनुअघि यसलाई माथि फ्याँकिएको थियो ।