global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रहरीले नै ६ बर्षिया बालिकालाई अपहरण गर्न खोजे, दुई जना पक्राउ

प्रहरीले नै ६ बर्षिया बालिकालाई अपहरण गर्न खोजे, दुई जना पक्राउ

प्रहरीले नै ६ बर्षिया बालिकालाई अपहरण गर्न खोजे, दुई जना पक्राउ

बागलुङमा बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्ने सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका-७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागलुङ नगरपालिका वडा नं २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए । स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए ।

प्रहरीको नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए ।

बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन् । उनले आफू कार्यालयमै रहेको र श्रीमान् तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन् ।

प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयको ठूलो संख्या राति प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।उनीहरूले दुवै जनालाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित समय : ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु