global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लगाइने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लगाइने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लगाइने

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज फेरि बस्दैछ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि शनिबारका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

महाधिवेशन भएको नौं महिनासम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।

महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु