गृहपृष्ठ बालीमा जी-२० सम्मेलन, चिनफिङ र पुटिन एकसाथ देखिने
बालीमा जी-२० सम्मेलन, चिनफिङ र पुटिन एकसाथ देखिने
चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोमेम्बरमा बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलनमा यी दुवै नेताको सहभागिताबारे शुक्रबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले पुष्टि गरेका हुन् ।
रुस–युक्रेन युद्ध र ताइवानलाई लिएर चर्किएको अमेरिका–चीनबीचको तनावबीच हुन लागेको यो प्रभावशाली विश्व सम्मेलन हो । सम्मेलनमा चिनफिङ र पुटिन सहभागी हुनेबारे पहिलो पटक आधिकारिक तहबाट जानकारी बाहिर आएको हो । ‘सी चिनफिङ आउनु हुनेछ, राष्ट्रपति पुटिनले समेत सम्मेलनमा सहभागी हुनेबारे मसँगको कुराकानीमा बताउनुभएको छ,’ राष्ट्रपति विडोडोले समाचार संस्था ब्लुमबर्गसँगको अन्तर्वार्तामा भनेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत सहभागी हुने आकलन गरिएकाले यो सम्मेलनलाई चासोका रूपमा हेरिएको छ । त्यस क्रममा बाइडेन र पुटिनबीच भेटवार्ता हुनेमा भने अन्योल छ । तर, बाइडेन र चिनफिङबीच भने सम्मेलन सुरु हुनुअगावै वा साइडलाइन वार्ता हुन सक्ने रिपोर्टहरूमा जनाइएको बीबीसीले लेखेको छ ।
प्रकाशित समय : ०६:५२ बजे



















