गृहपृष्ठ क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर
क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर
क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विश्वका कतिपय देशहरुले डिजिटल मुद्राको रुपमा वैधानिकता दिएकाले नेपालमा पनि साेही माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको हाे ।
अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानुनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय बदर गर्दै मान्यता दिनु भनी परमादेश जारी गर्न रिटमा माग गरिएको छ ।
अहिले विश्वभर डिजिटल करेन्सीको कारोबार भइरहेकाले नेपालमा पनि यसलाई खुला गर्नुपर्ने रिटमा जिकिर गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्रिप्टोको कारोबारमा कडाई गर्दै आएको छ । त्यस्तै राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्दै विदेशी मुद्रा अपचलनका मुद्दासमेत दायर गर्दै आएको छ ।
रिटको पहिलो पेसी आगामी सोमबारलाई तोकिएको छ ।
प्रकाशित समय : १७:४५ बजे



















