गृहपृष्ठ यी १५ सांसद : जो लगातार १० पटकसम्म बैठकमा आएनन्
यी १५ सांसद : जो लगातार १० पटकसम्म बैठकमा आएनन्
सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन् ।
सभामुख सापकाेटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन् । संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक संख्यासमेत नपुगेर पटक-पटक बैठक स्थगित हुँदै आइरहेकाे छ ।
संसद बैठकका लगातार अनुपस्थित हुने सांसदमध्ये अधिकांक मुलुकबाहिर रहेकाे उल्लेख छ । स्वास्थ्य उपचारका लागि उनीहरू भारत र अमेरिका पुगेकाे जनाइएकाे छ ।
उनीहरुको लगातार बैठकमा अनुपस्थित भएको प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भइसकेको छ ।

प्रकाशित समय : १४:३१ बजे



















