गृहपृष्ठ जन्मथलो आइपुगेकै दिन ‘अर्थर गन’ले दिए प्रस्तुति
जन्मथलो आइपुगेकै दिन ‘अर्थर गन’ले दिए प्रस्तुति
नेपाली मूलका गायक दिवेश पोखरेल (अर्थर गन)ले बुधबार काठमाडौंको बसन्तपुरमा प्रस्तुति दिएका छन् । जन्मथलो आइपुगेकै दिन उनले त्यहाँ प्रस्तुति दिएका हुन् । उनी बुधबारै बिहान काठमाडौं आइपुगेका हुन् ।
‘अमेरिकन आइडल’का फाइनलिस्टसमेट रहेका उनले बुधबार साँझ उनले वसन्तपुरको नव आदर्श विद्यालयअगाडि ‘स्ट्रिट पर्फोम’ गरेका हुन् । त्यहाँको फोटो उनले आफ्नाे फेसबुकमार्फत सेयर गरेका छन् । उनले लेखेका छन्, ‘मैले जहाँबाट सुरु गरेको थिएँ, त्यही गरेँ । जन्मूमिमा बस्किङ (सार्वजनिक स्थलमा स्वेच्छिक दानका लागि गरिएको प्रस्तुति), बसन्तपुर दरबार स्क्वायर । आफ्नो समय दिएर सुनिदिनुभएका तपाईं सम्पूर्ण र जसले यो सम्भव गरायो, तपाईं सम्पूर्णलाई धन्यवाद । सबैलाई अगस्ट २० मा क्लब प्लाटिनममा भेट्नेछौँ ।’
उनले यही शनिबार काठमाडौंको क्लब प्लाटिनममा प्रस्तुति दिँदैछन् । एक महिनाका लागि नेपाल टुरमा आएका अर्थरको दोस्रो प्रस्तुति यही अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र त्यसपछि अगस्ट ३१ मा बुटवलमा हुने तय भएकाे छ ।
सन् २०२० को अमेरिकन आइडलमा फर्स्ट रनरअप भएपछि उनी पहिलोपटक नेपाल आएका हुन् ।
प्रकाशित समय : १३:२० बजे



















