गृहपृष्ठ काठमाडौंको फोहर व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौंको फोहर व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौंको फोहर व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहर थुप्रिदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहर थुप्रिदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले सरकारले काठमाडौंसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिईन् ।

सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र संघ सबै जुट्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु