गृहपृष्ठ बैंक अफ काठमाण्डुको बिहीबारबाट ऋणपत्र बिक्री खुला

बैंक अफ काठमाण्डुको बिहीबारबाट ऋणपत्र बिक्री खुला

बैंक अफ काठमाण्डुको बिहीबारबाट ऋणपत्र बिक्री खुला

बैंक अफ काठमाण्डुले आज (बिहीबार) बाट ११ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको ‘बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

यस्तै, बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।

त्यसैगरी, यो ऋणपत्रमा छिटोमा भदौ ७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा बिक्री नभएमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु