गृहपृष्ठ नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ६ हजार ३ सय ८३ जनामा कोरोना परिक्षण गरिएकोमा ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ हजार ८ सय ७६ जनामा गरिएको आरटी पीसीआर परिक्षणमा ५ सय ३१ जना संक्रमित भेटिएका छन् । साथै २ हजार ५ सय ७ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या भने ५ हजार ४ सय ६२ जना पुगेको छ । साथै, ३ सय २८ जना भने कोरोनामुक्त भएका छन् ।
प्रकाशित समय : १७:०५ बजे



















