global ime bank Long Banner Ad

गृहपृष्ठ ‘भोलि माओवादीले पदाधिकारी पाउँछ’

‘भोलि माओवादीले पदाधिकारी पाउँछ’

‘भोलि माओवादीले पदाधिकारी पाउँछ’

नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार बुधबार बसेको स्थायी कमिटिको बैठकमा पदाधिकारीसहित स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य थप्नेबारे छलफल भएकाे छ ।

बुधबारको बैठकले करिब टुंगो लगाएको र बिहीबार बिहान बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने उनले बताए । ‘आज हामीले केन्द्रीय सदस्य, पोलिटब्यूरो, स्थायी कमिटि र पदाधिकारीबारे छलफल गर्‍याैं । अब भोलि बिहान ८ बजे बस्ने बैठकले निर्णय लिन्छ,’ उनले भने ।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाएको छैन ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु