गृहपृष्ठ बालेनको आरोपमाथि लिङ्देनको प्रष्टीकरण – राप्रपाले फोहोरमा राजनीति गर्दैन
बालेनको आरोपमाथि लिङ्देनको प्रष्टीकरण – राप्रपाले फोहोरमा राजनीति गर्दैन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति नगर्ने बताएका छन् ।
उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने क्रममा राप्रपाको स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको भन्ने आरोपको खण्डन गर्दै प्रष्टिकरण दिएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारूढ दलहरू र विपक्षी दल एमाले र राप्रपाले पनि सडक अवरोध गरेर फोहोर व्यवस्थापन गर्न नदिएको उल्लेख गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए।
‘फोहोर लैजाने कुरा सहज भएन। सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दल एमाले र राप्रपाका स्थानीय नेताले पनि साथ दिएको देखियो,’ मेयर बालेनले भनेका थिए।
https://www.facebook.com/balenOfficial/posts/614326976726228
जसमा राप्रपा अध्यक्ष लिङ्देनले मंगलबार फेसबुकमै लेखे, ‘फोहोरमा राजनीति गर्नेजस्तो फोहोरी काम राप्रपा गर्दैन । यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाहीसमेत गर्नेछ।’
https://www.facebook.com/rajendra.lingden.5/posts/5409588072487849
प्रकाशित समय : ०८:५४ बजे



















