nmb bank

गृहपृष्ठ स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

नेपालमा टीभीएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधा थपिएको उनको भनाई छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिईरहेको उनले बताए ।

कार्यक्रममा स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा न. ३ र ४ का वडा अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु