nmb bank

गृहपृष्ठ गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

गुराँस लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट यो लाभांश घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु