गृहपृष्ठ सक्रिय संक्रमितकाे संख्या ५ हजार ४३४ पुग्यो
सक्रिय संक्रमितकाे संख्या ५ हजार ४३४ पुग्यो
पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् ।
एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितकाे संख्या ५ हजार ४३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय : १६:५७ बजे




















