global ime bank Long Banner Ad

गृहपृष्ठ चीनले किन बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका ?

चीनले किन बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका ?

चीनले किन बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका ?

चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् ।

रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको छ ।

केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए ।

तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको उनले बताए । तर, यसबारे चिनियाँहरुले कुनै पनि जानकारी नाकामा नगराएको उनको भनाइ छ ।

उता चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले दुई देशबीचको व्यापार सहज बनाउदै लैजाने सहमती गरेका छन । यता चीनले कुनै औपचारिक जानकारी बिनानै नाकाबन्दी गरेको छ ।

प्रकाशित समय : ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु