global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

‘रिचिङ द पिनाकल २०७९/८०’ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बिमा व्यवसाय झनै प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व आएको बताए । उनले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बिमा बजारमा अग्रस्थानमा पुर्‍याउन हामी सबैले अधिकतम प्रयास गर्नु पर्ने पनि सो क्रममा सुझाव दिए ।

सो क्रममा आव २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु